महाँकाल गाउँपालिकाले भोलि भाद्र १२ गते,दिनको ११ बजे गोटिखेलमा तिजको उपलक्ष्यमा “शुभकामना आदानप्रदान कार्यक्रम”गर्दै


तामाङपेज संवाददाता ।

ललितपुर । नारीहरुको महान चाड तिजको अवसरमा महाँकाल गाउँपालिकाले भोलि भाद्र १२ गते दिनको ११ बजे महाँकाल गाउँपालिकाको कार्यालय गोटिखेलमा “शुभकामना आदानप्रदान कार्यक्रम” गर्ने भएको छ ।

उक्त तिजको अवसरमा कार्यक्रममा सहभागी भइ दिनुहुन महाँकाल गाउँपालिका भित्र पर्ने वडाहरु बुखेल,मानिखेल,गोटिखेल,कालेश्वर,चन्दनपुर,ठुलादुर्लुङका महिला दिदिबहिनीहरु,विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु,शिक्षिका,महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपस्थितिको लागि महाँकाल गाउँपालिकाले निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 10:42:39  587पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार