तामाङपेज संवाददाता ।
टोकियो,जापान। जापानमा अध्यायन गर्न आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्ती सम्बन्धि प्रसंसा पत्र हस्तान्तरण सहित ”विद्यार्थी जीवन”विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
टोकियोको आसागायामा भब्यताकासाथ सम्पन्न उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा भएको हो ।
अगस्ट ५ तारिखमा सार्वजनिक गरिएको नतिजा मुताविक विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी प्रसंसा पत्र प्रदान गरिएको छ। यो छात्रावृत्ति योजना अन्तर्गत प्रति विद्यार्थीले प्रति महिना ३० हजार जापानी येन २ बर्षसम्मका लागि प्राप्त गर्नेछ भने यो योजना करिव ६ करोड जापानी येन बराबरको हुने बताइएको छ।
यस अघि पनि यस्तै प्रकृयाबाट ३० जना विद्यार्थीले छात्रवृत्ति सेवा पाईसकेका छन् । बुधबार १ सय १ जना विद्यार्थीको लागि सिफारिस गरिएको छ। छात्रवृत्ती प्राप्त गर्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिँदै,राजदुत राणाले छात्रवृत्ति कार्यक्रमले मोटिभेसन गर्न सहयोग पुग्ने बताए । विद्यार्थीको तर्फबाट माया तामाङ,आशिष अधिकारी र अन्जीता गोम्वेले छात्रवृत्ति सेवाबाट आफु लगायतका विद्यार्थीहरुमा एनआरएनए जापानले देखाएको अभिभावकिय प्रक्रियाले सोचाइमा नै परिवर्तन आएको वताएकी छिन् ।
परिचयको क्रममा विद्यार्थीले नेपालमा एनआरएनएको बारेमा भन्ने गरेको शव्द र यहाँ एनआरएनए जापानको काम फरक पाएकोले गलत भ्रममा नपर्न सबैमा अनुरोध गर्दै एनआरएनए जापान, IHNO र नेपाली दुतावास टोकियोप्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
विद्यार्थीको जापानको दैनिकी, शिक्षा र भविष्यको बारेमा जानकारी लिदै राजदुत प्रतिभा राणाले कुनैपनि समस्या परेमा दुतावास आउन र कुनै पनि समय आफुलाई भेट गरि समस्याबारे जानकारी दिन समेत सुझाए । यो अभियानमा दुतावासको तर्फबाट पनि सहयोग रहेकोले विद्यार्थीकै सकारात्मक पक्षले समाज परिवर्तन हुने बताउदै एनआरएनए जापान र Ihno लाई बिशेष धन्यवाद दिनु भएको छ ।
कार्यक्रममा अध्यक्ष टासी वाङ्दी लामाले राजदूत राणा मार्फत १ सय १ जना विद्यार्थीलाई एनआरएनए जापानबाट छात्रवृत्तिको लागि सिफारिस गरिएका विद्यार्थीको नामावली हस्तान्तरण गर्दै विद्यार्थीलाई प्रसंसा पत्र हस्तान्तरण गरे । विद्यार्थीहरुले प्राप्त गरेको छात्रावृत्तिबारे विद्यार्थीले पालना गर्नु पर्ने बिषयहरुको जानकारी कमल वास्तोलाले गरेका थिए । Ihno का प्रेसिडेन्ट कोमीयामा योशिहारुले जापानमा विद्यार्थीहरुको अवस्था र नेपाली विद्यार्थीसँगको समन्वय र सहयोगका बारेमा प्रकाश पार्दै नेपाल र नेपाली आफुलाई प्यारो लाग्ने र NRNA जापान, नेपाल राजदुताबासले राम्रो सहकार्य गर्न सकेको खन्डमा भावी दिनहरुमा पनि थप विद्यार्थीहरुलाई सहयोग गर्न आफ्नो संस्था इच्छुक रहेको बताए ।
विकास लम्साल र विरेन्द्र भाईलाले सहजिकरण गरेको उक्त कार्यक्रम महासचिव वुद्धिराज घिमिरेको संचालन र एनआरएनए जापानका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।