नागरिक संवाद केन्द्र गण्डकी प्रदेश,संघीय संसदको गतिविधिबारे अधिबक्ता गुरुङद्वारा जानकारी


तामाङपेज संवाददाता ।

कास्की । नागरिक संवाद केन्द्र गण्डकी प्रदेशकी प्रमुख तथा अधिबक्ता जुनाकुमारी गुरुङले मंगलबार पोखरामा आयोजित संवाद कार्यक्रममार्फत संघीय संसदमा भए गरेका गतिविधिको बारेमा जानकारी गराउनु भएको छ।

अधिबक्ता गुरुङले संविधान र कानुनको प्रमुख विषयहरुमा संवाद गर्नका लागि नेपाल कानुन समाजले नेपालको सातै वटा प्रदेशमा नागरिक संवाद केन्द्रहरुको स्थापना गरि संवाद कार्यक्रमहरु नियमित रुपमा गर्दै आएका छन् ।

उक्त कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदी,नेपाल जनजाति समन्वय परिषद कास्की अध्यक्ष धर्मराज गुरुङ,पत्रकार,विद्यार्थी,कानुन व्यवसायी,एकल महिला,समाजका अगुवाहरु ,व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सरोकारवालाहरुले प्रतिनिधि सभामा दर्ता भइ संसदहरुलाई वितरण गरिएका र त्यस भन्दा अगाडि नबढेको विधेयकका बारेमा छलफल गर्दै विधेयक बनाउँदा,जस्को लागि बनाउँदै छ ,त्यही लक्षित वर्गसँग बृहत् छलफल गरेमा पारित हुन सजिलो हुने र राज्यको हितमा पनि हुने सुझाव सहभागीहरुले दिएको संचारकर्मी खिमा गुरुङले तामाङपेजसँगको कुराकानीमा बताएकी छिन् ।

प्रकाशित: समय: 23:01:39  548पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार