जापानमा डम्फु साँझ-२०१९ सम्पन्न


तामाङपेज संवाददाता ।

जापान । नेपाल तामाङ समाज जापानको आयोजनामा आईतबार टोकियो रोधी क्लबमा “डम्फु साँझ -२०१९”को छ्योमे (बत्ती) बालेर र डम्फु बजाएर नेपाल आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष सुमन लिम्बुले प्रमुख अतिथिको हैसियतले एक भब्य समारोहकाबीच समुदघाटन गर्नुभएको छ ।

उक्त डम्फु साँझमा नेपाल तामाङ समाज जापानका संस्थापक उपाध्यक्ष हवलचन्द्र लामाले स्थापना देखि १० औँ बर्ष आइपुग्दाका अनुभूति ,जापानमा रहेका संस्थाहरुका प्रतिनिधिहरु, पत्रकार महासंघका अध्यक्ष मोहन घले, काभ्रेली समाजका अध्यक्ष समीर लामा,व्यवसायी ददिवल खड्का, मातृ सन्देश डटकम प्रधान सम्पादक शान्त पहरी लगायतका अतिथिहरुले नेपाल तामाङ समाज जापानले पुर्याएको योगदान ,गतिविधि र डम्फु साँझको बारेमा आ- आफ्नो भनाई राख्नु भएको थियो।

कार्यक्रममा  रत्न लामाले तामाङ भाषामा नै स्वागत मन्तब्य सहित डम्फुको लय प्रस्तुति रत्न लामा र उपाअध्यक्ष सरोज थिङ तामाङले तम्वा गीत प्रस्तुत गर्नुभएको थियो । टोकियो रोधी क्लबमा भएको डम्फु साँझमा चर्चित गायिका मिङस लामा,गायक लोप्साङ तामाङ,सुरज ब्लोन,नृत्य जोनि तामाङ,गायिका शर्मिला तामाङ,गायक आरके स्याङतान ,गायक राजीब गोले तामाङ, हाँस्यकलाकार ईन्द्र दोङ तामाङको प्रस्तुतिले डम्फु साँझ तातेको थियो ।

अनौपचारिक कार्यक्रम चर्चित मोडल तथा उदघोषिका लक्ष्मी तामाङ र संचारकर्मी सजिना मोक्तानले संचालन गर्नुभएको थियो । सो समारोहमा जापानमा रहनु भएका महानुभावहरुको व्यापक सहभागिता रहेको डम्फु साँझको औपचारिक कार्यक्रम महासचिव हिमाल लामा वाइबाको संचालन र नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित: समय: 22:26:06  772पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार