तामाङपेज संवाददाता ।
चितवन । नारीहरुको महान चाड तीजको अवसरमा श्री लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा भोलि भाद्र ११ गते बुधबार दिनको १२ बजे “शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम” भब्य रुपमा कालिका नगरपालिका वडा नं.८ गैरीबारीचोकस्थित सहकारी भवनमा हुने भएको छ ।
संस्थाकी व्यवस्थापक जुनु तामाङले श्री लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाका सम्पुर्ण सदस्य महिला दिदिबहिनीहरुलाई निमन्त्रणा गरिएको कुरा जनाएकी छिन्