तमु प्ये ल्हु संघ,महिला समिति रोल्पाको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा तिर्सना घलेसहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

रोल्पा । तमु प्ये ल्हु संघ,महिला समिति रोल्पाको प्रथम अधिवेशन रोल्पा नगरपालिका वडा नं.४ गुरुङगाउँमा रोल्पा नगरपालिका नगर वडा सदस्य एवं सामुदायिक होमस्टे गुरुङ गाउँका अध्यक्ष हरिजंग गुरुङको प्रमुख आतिथ्यमा तमु प्ये ल्हु संघका केन्द्रीय सदस्य मन्जु गुरुङको विशेष आतिथ्यमा तमु ह्युल छोजधीं रोल्पा जिल्ला अध्यक्ष मित्रलाल गुरुङ,तमुस्यो ह्युल छोजधीं रोल्पा जिल्ला अध्यक्ष पवित्रा गुरुङ लगायतको आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले तमु प्ये ल्हु संघ,जिल्ला महिला समिति रोल्पाको अध्यक्षमा तिर्सना घले गुरुङको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको तमु प्ये ल्हु संघ रोल्पाले जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित: समय: 18:22:49  434पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार