लायन्स क्लब इन्टरनेशनलद्वारा नाइस टेलिभिजनका सिईओ पुनमगरसहित विभिन्न व्यक्तित्वहरु सम्मानित


तामाङपेज संवाददाता ।

काठमाडौं । इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं क्रियटिभ युथले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा आईतबार राजधानीमा “इन्टलेशन अफ इन्डक्सन कार्यक्रम ” सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं प्रदेश नं.३ का प्रदेश प्रमुख कोईरालाले लायन्स क्लबले समाजमा उत्कृष्ट कार्य गर्दै आईरहेको प्रति खुशी ब्यक्त गर्नु हुँदै महिलाहरुको रजस्वलाको बारे पितृ सत्तात्मक सोचको खण्डन गर्दै यस्को विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश नं.३ का प्रदेश प्रमुख अनुराधा कोईरालाले समाजमा उत्कृष्ट योगदान पुर्याउने विशेष गरि बिदेशबाट नेपाल आएर विभिन्न व्यवसाय गरेर सयौंलाई रोजगार,समाज परिवर्तन र आर्थिक सम्वृद्धी उकास्न महत्वपुर्ण कार्य निर्वाह गर्नु भएका ब्यक्तित्वहरु लायन्स क्लब इन्टरनेशनलको इन्डक्सन र इन्स्टलेसनमा नाइस टेलिभिजन तथा मगर्स क्रियशनका सिईओ आशिर्वाद पुनमगर,चर्चित आनन्द कार्की,वरिष्ठ पत्रकार दीपक श्रेष्ठ,विभिन्न व्यक्तित्वहरु शैलेन्द्र श्रेष्ठ,गरिमा पौंडेल,सुरेश डंगोल,श्यामप्रसाद रेग्मीलाई सम्मानपत्रद्वारा विभुषित गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लबमा विभिन्न क्षेत्रबाट प्रवेश गर्नु भएका नयाँ सदस्यहरुलाई इन्सटलिङ अफिसर इन्द्र खत्रीले लायन्सको प्रतिज्ञा गराउनु भएको हो ।

प्रकाशित: समय: 16:07:19  441पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार