राईजिङ स्टार युथ क्लबद्वारा खुल्ला रक्तदान कार्यक्रम ,१ सय १९ जनाले रक्तादान गरें


तामाङपेज संवाददाता ।

कास्की । राईजिङ स्टार युथ क्लबको आयोजनामा “रक्तदान जीवनदान,जीवनदान महादान” भन्ने मुल नाराकासाथ शनिबार १४ औं खुल्ला रक्तदान कार्यक्रम,पोखरा महानगरपालिका वडा नं.२७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं वडाअध्यक्ष गुरुङले १ सय १९ जना रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको राईजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङले तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।

उक्त कार्यक्रममा कास्की जिल्ला प्रहरी कार्यालयका डिएस्पी मोहन खाँड,पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेल,भुपु सैंनिक क्लबका अध्यक्ष सु.जगबहादुर गुरुङ,वेगनास युथ क्लब अध्यक्ष राम रानाभाट,प्रगतीचोक आमा समाज,दुर्गाटोल आमा समाज,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको स्थानिय महेन्द्र तमुले जनाउनु भएको छ ।

प्रमुख अतिथि,विशेष अतिथि,सहयोगी संघसंस्थाका प्रतिनिधिहरुलाई राईजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङले “मायाको चिनो” प्रदान गर्नु भएको थियो।

प्रकाशित: समय: 15:14:12  430पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार