नुवाकोटका पुर्व जिविस सभापति शेषमान लामाको स्वयम्भुमा अन्तेष्टी


तामाङपेज संवाददाता ।

काठमाडौं । ककनी डाँडागाउँका स्थायी वासिन्दा ,नुवाकोट जिविसका पुर्व जिविस सभापति शेषमान लामाको ८० वर्षको उमेरमा शनिबार दिउँसो १ बजे निधन भएका स्वर्गीय लामा विगत लामो समयदेखि वाथ तथा सुगर रोगबाट ग्रसित तत्कालिन जिल्ला विकास समिति नुवाकोटको जिविस सभापति लामाको बौद्ध धर्मनुसार आईतबार स्वयम्भुमा अन्तेष्टी गरिएको छ ।

स्वर्गीय लामालाई अन्तिम श्रद्धाञ्जली प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) का केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जवरा,वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद बहादुरसिंह लामा,नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङ,नेपाली काङ्ग्रेस नुवाकोट सभापति एवं पुर्व सभासद जगदिश्वरनरसिंह केसि,रेल विभाग निर्देशक सिनियर डिभिजन ईन्जिनियर देबकुमार लामा,ललितकला प्रज्ञा प्रतिष्ठान प्राज्ञ निमाघ्यम्छो बल ,नुवाकोट जिविस पुर्व जिविस उपसभापति महेन्द्रबहादुर थिङ,ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङ ,सामाखुशी तामाङ परिवार कोष अध्यक्ष रामभक्त बम्जन,समाजसेवी ईन्द्रलाल गोले तामाङ ,विशिष्ट व्यक्तित्वहरुले खादा,फुलमाला लगाएर समबेदना ब्यक्त गरेका थिए।

स्वर्गीय लामाको पार्थिब शरिरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) का केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जवराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नु भएको तामाङ युनेस्को क्लबका अध्यक्ष आर.बी. मोक्तानले जनाएका छन् ।

 

नुवाकोटमा राजनितिक रुपमा चर्चा,ख्याती कमाएका नुवाकोट जिविसका तत्कालिन जिविस सभापति शेषमान लामाको निधनले तामाङ समुदायमा एक सबल नेतृत्व गुमाउनु पर्दा क्षति पुगेको तामाङ नेतृत्वहरुले तामाङपेजसँंगको सम्पर्कमा बताउनु भएको छ।

प्रकाशित: समय: 9:47:39  766पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार