करण तामाङ नुवाकोट तामाङपेज सम्बादाता
फिजराल्ड (रुवाई ) शैलीमा नेपाली मुक्तक अंक चार गत साता प्रकाशन भएको छ । चर्चित स्रष्टा श्रीराम श्रेष्ठ र पुष्कर लाेहनीकाे सम्पादकत्त्वमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे प्रकाशन रहेको छ । नेपाली मुक्तक पत्रिका अंक चारमा स्रष्टा रामकृष्ण अमर , करण तामाङ घलान , पुष्कर लाेहनी , दिव्य गिरी , श्रीराम श्रेष्ठ , अन्जु सापकाेटा , भवानी न्याैपाने र जया शर्मा गरि जम्मा नाै जना स्रष्टाहरुकाे फिजराल्डमा मुक्तकहरु समावेश गरिएको छ । पहिलोपटक एक ऐतिहासिक र फिजराल्ड शैलीमा मुक्तकहरुकाे संगालाेकाे रुपमा याे नेपाली मुक्तक पत्रिका प्रकाशन भएको छ । नेपाली साहित्यमा फिजराल्ड मुक्तक लेखनकाे थालनी केही वर्ष अघि मात्रै सुरु भएको हाे । पुष्कर लाेहनी श्रीराम श्रेष्ठ लगायतका स्रष्टाहरुले नेपाली साहित्यमा फिजराल्ड शैलीलाई झाँगिन दिएको छ । यसै शैलीलाई मुक्तककार करण तामाङ घलान , अन्जु सापकाेटा , रामकृष्ण अमर , दिव्या गिरी , जया शर्मा , भवानी न्याैपाने लगायतका स्रष्टाहरुले पछ्याईरहेका छन् ।