सतोषरधाम क्षेत्र साप्ताहिक सरसफाई अभियानको दोश्रो शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । सबैला नगरपालिका वडा नं.९ सतोषरधाम क्षेत्र,सतोषर महादेव मन्दिर ,पोखरीक्षेत्रमा शनिबार सतोषरधाम क्षेत्र साप्ताहिक सरसफाई अभियानको दोश्रो शृङ्खला सम्पन्न भएको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष रामउदगार यादवले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं ऎतिहासिक ,धार्मिक महत्व बोकेको सतोषरधाम क्षेत्र सरसफाई अभियान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धनुषाका जिल्ला सदस्य हरिकिशोर यादवको प्रमुख आतिथ्यमा सतोषर सेवा समितिका अध्यक्ष बनशेर सिंह यादव,हेल्प मधेसी नेपालका सेवक शिवचन्द्र शाह ,स्थानीय युवाहरुको सक्रियतामा सरसफाई अभियान गरेको छ ।

सरसफाई अभियानमा स्थानिय युवाहरुको व्यापक सहभागिता रहेको थियो।

 

प्रकाशित: समय: 18:42:05  507पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार