पंतजलि योग समितिको चौंथो वार्षिक उत्सव रामघाटमा सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । ओम योग गरौं,निरोगी रहौं भन्ने मुल नाराकासाथ श्री राम मन्दिर योग केन्द्रको चौंथो वार्षिक उत्सव पंतजलि योग समितिका केन्द्रीय सदस्य नरेन्द्रमान लालचनको प्रमुख आतिथ्यमा शनिबार भएको छ ।

साधारण सभामा सचिव शुशिला ढुंगानाले प्रगति प्रतिवेदन,कोषाध्यक्ष शुष्मा गुरुङले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त वार्षिक उत्सव तथा दर खाने कार्यक्रममा वडासचिव लोकदर्शन कोईराला,महिला वडा सदस्य गिता नेपाली,श्री राम मन्दिर सेवा समिति रामघाट अध्यक्ष नारायणप्रसाद बास्तोला,महिला पंतजलि योग समिति कास्की उपाध्यक्ष उर्मिला हिराचनले मन्तब्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि एवं पंतजलि योग समितिका केन्द्रीय सदस्य नरेन्द्रमान लालचनले तुल्सिघाट अस्थायी प्रहरी विटका ईन्चार्ज एवं प्रहरी हवल्दार कमल श्रेष्ठलाई बिधाईसहित सम्मान समेत गर्नु भएको थियो ।

उक्त संस्थाको वार्षिक उत्सवमा स्वागत रमिना गुरुङ,कार्यक्रमको संचालन सचिव शुशिला ढुंगानाले र सभाअध्यक्षता संस्थाका अध्यक्ष ईश्वरी श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रकाशित: समय: 15:07:42  539पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार