ललितपुरका एस्पि दुर्गा सिंहको विशेष आतिथ्यतामा “गोदावरीखोला क्षेत्र सरसफाई अभियान”को २५ औं शृङ्खला सम्पन्न


ललितपुर । महिला तथा बालबालिकाको पहलमा संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको २५ औं शृङ्खला आईतबार गोदावरीखोलाको टुपिखेल घाटमा महानगरीय प्रहरी परिसर,जावलाखेलका प्रहरी उपरीक्षक(एस्पि) दुर्गा सिंहको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।

गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी थापाकानुसार महानगरीय प्रहरी परिसर जावलाखेलका एस्पि सिंहले वाग्मती सरसफाई अभियन्ता चित्र सुनुवार ,शेखर क्षेत्री,विष्णुमती सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डेय,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका ईन्चार्ज एवं प्रहरी निरीक्षक (ईनिष्पेक्टर) श्यामकुमार कटवाल,गोदावरी नगरपालिका वडा नं.२ की महिला वडा सदस्य लक्ष्मी सिलवाल,किर्तिपुर सरसफाई अभियन्ता राजमान मानव,शुशिला महर्जन,मुक्तिनाथ विकास बैंकका कर्मचारी रिता घिमिरे,नेप्को नेपालका प्रतिनिधि बलराम गिरी,नेपाल रेडक्रस सोसाईटी उपशाखा गोदामचौर सभापति नन्द श्रेष्ठलाई खादा प्रदान गरेर सम्मान गरिएको थियो ।

अभियानमा गोदावरीखोला टुपिखेल घाट आसपासमा सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी गोदावरी चौकीका ईन्चार्ज एवं प्रहरी सहायक निरिक्षक खिलनाथ अधिकारी,नेपाल प्रहरी,स्थानिय वासिन्दाहरुको सहभागितामा एक घण्टा सरसफाई गरेका थिए ।

 

 

 

प्रकाशित: समय: 14:15:31  699पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार