वन तथा वातावरण मन्त्री बस्नेतको प्रमुख आतिथ्यमा नेपाल केन्द्रीय जडिबुटी सहकारी संघको आठौं वार्षिक साधारण सभा सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल केन्द्रीय जडिबुटी सहकारी संघको आठौं वार्षिक साधारण सभा शनिबार राजधानीको शंखमुलमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

संघका केन्द्रीय महासचिव कृष्णबहादुर बलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं संघले गरेका गतिविधि ,प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन साधारण सभामा पेश उपर छलफल गरि पारित गरेको जनाएका छन् ।

उक्त साधारण सभामा उपस्थित पाहुनाहरुलाई ब्याच,खादा प्रदान अस्मिता तामाङ ,बालकुमारी महत्तो र स्वागत मन्तब्य नेपाल केन्द्रीय जडिबुटी सहकारी संघका वरिष्ठ उपाध्यक्ष एकचन्द्र बरालले गर्नु भएको थियो ।

सभामा राष्ट्रिय किसान आयोग अध्यक्ष चित्रबहादुर श्रेष्ठ,राष्ट्रिय सहकारी महासंघ लेखा समिति संयोजक धर्मदत्त देवकोटा,केन्द्रीय पशुपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी,संघका पदाधिकारीहरु ,सदस्यहरु र सरोकारवालाहरुको सहभागिता रहेका थिए ।साधारण सभा संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेको सभाअध्यक्षतामा सम्पन्न भएको हो।

 

 

प्रकाशित: समय: 12:39:26  1087पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार