नुवाकोटका पुर्व जिविस सभापति शेषमान लामाको ८० वर्षको उमेरमा निधन,आज स्वयम्भुमा अन्तेष्टी गरिने


तामाङपेज संवाददाता ।

नुवाकोट । ककनी गाउँपालिका वडा नं.५ डाँडागाउँमा स्थायी बसोबास गर्दै आउनु भएका नुवाकोट जिविसका पुर्व सभापति शेषमान ग्लान लामाको शनिबार दिनको १ बजे निधन भएको छ ।

स्वर्गीय लामाका ज्वाईं आर.बि.मोक्तानले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सुगर र बाथ रोगबाट पीडित पुर्व जिविस सभापति शेषमान लामाको बौंद्धधर्मको परम्परानुसार आज ( आईतबार)दिनको ३ बजे स्वयम्भुमा अन्तेष्टि गर्ने जनाएका छन् ।

नुवाकोट जिल्लामा चर्चित नेतृत्व स्वर्गीय लामाले विं.सं.०४४/०४६ सम्म तत्कालिन ककनी गाउँ पन्चायतको प्रधानपन्च,विं.सं.२०५४ मा ककनी गाविस अध्यक्ष र विं.सं.२०६२ सालमा नुवाकोट जिल्लाको जिल्ला विकास समितिको जिल्ला सभापतिसम्मको नेतृत्व लिनु भएको थियो। स्वर्गीय पुर्व नुवाकोट जिविस सभापति शेषमान लामाको निधनले तामाङ समुदायमा ठूलो राजनितिक क्षति भएको छ ।

 

प्रकाशित: समय: 11:49:17  829पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार