तीज विशेष कार्यक्रम सम्पन्न ,तीज मिसेस क्वीनको उपाधि जुनु श्रेष्ठलाई


तामाङपेज संवाददाता ।

मकवानपुर । मकवानपुरे समाज र हेटौंडा चेली समाज,काठमाडौंको संयुक्त आयोजनामा महिलाहरुको महान चाड तीजको अवसरमा “तीज विशेष कार्यक्रम”शनिबार भब्यताकासाथ गरेको छ ।

राजधानीमा आयोजित उक्त कार्यक्रममा तीजको लहर भन्ने गीतमा सहभागी मकवानपुरे समाज र हेटौंडा चेली समाजका महिला दिदिबहिनीहरुबीच तीजको लहर भन्ने गीत,तीजको मौलिक भेषभुषा,शैलीलाई आधार बनाएर तीज मिसेस क्वीन प्रतियोगिता -२०७६ को आयोजना समेत गरिएको थियो ।

प्रतियोगितामा १० जना प्रतियोगीबीच गरिएको प्रतिस्पर्धामा तीज मिसेस क्वीन -२०७६ को उपाधी जुनु श्रेष्ठले हात पारिन् भने फष्ट र सेकेण्ड रनर अपको उपाधी क्रमश : सुनिता ढुंगाना,कमला सुबेदीले जित्न सफल भएका छन् ।

निर्णायक मण्डलमा महेश्वरी विष्ट,विजयश्री रेग्मी ,सरिता कार्की तीज मिसेस प्रतियोगिताको निर्णायकको भुमिका निभाउनु भएका थिए  ।

चर्चित कलाकारहरुबाट गीत प्रस्तुत भएको ,बीच बीचमा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिले तीज विशेष कार्यक्रमलाई उत्साहजनक माहोल छाएको थियो।

उक्त तीज विशेष कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघ एवं मकवानपुरे समाजका सल्लाहकार कबिराज खत्री,रोज आवासका संचालक माधवप्रसाद भण्डारी, एन आर एन ए मकाउका पुर्व अध्यक्ष एवं एन आर एन ए, आई सि सिको अन्तर्राष्ट्रिय सदस्य तथा राष्ट्रिय,अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक मुकेश बरुवाल,नाईस टेलिभिजनका संचालक आशिर्वाद पुनमगर,समाजसेवी एवं नेता विधुत बज्राचार्य ,समाजसेवीहरु महेश्वरी विष्ट,मिरा कार्की,मकवानपुरे समाज महिला संयोजक सरिता कार्की,हेटौंडा चेली समाज सचिव जुनु श्रेष्ठ लगायत दुवै संस्थाका पदाधिकारीहरु ,महिला दिदीबहिनीहरु ,दाजुभाईहरुको व्यापक सहभागिता रहेको मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

प्रकाशित: समय: 10:56:49  729पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार