पोखरामा डेंगु रोग देखा पर्यो, महानगरपालिकाभित्र २ सय ३० जना संक्रमित,राती झुलको व्यवस्था गर्न शहरी स्वास्थ्य महाशाखाको पोखरावासीमा अनुरोध


तामाङपेज संवाददाता ।

कास्की । पोखरा महानगरपालिका वडा नं.९ मा पोखरा महानगरपालिका शहरी स्वास्थ्य महाशाखाबाट स्वास्थ्य प्रमुख अन्जु शर्माको नेतृत्वमा खटिएको टोलिले आईतबार घरदैलो गर्नेक्रममा चेकजाँच गर्दा  एडिस जातको लामखुट्टेको टोकाईबाट वडामा २६ जना पोखरा महानगरपालिका भित्र जम्मा २ सय ३० जनामा संक्रमित देखा परेको जनाएकी छिन् ।

 

स्वास्थ्य महाशाखा प्रमुख शर्माले लामखुट्टेको टोकाईबाट बच्न राती झुलको व्यवस्था गर्नुपर्ने,हिडडुल गर्दा पुरै शरीर ढाक्ने लुगा लगाउनुपर्ने,घर वरिपरि पानी जम्मा हुन नदिने,पानी खुल्ला नराख्ने,डेंगु सार्ने लामखुट्टेले खुल्ला पानीमा फुल पार्ने भएकाले त्यस्ता पानी घोप्ट्याउने,पुरानो गाडीका टायरमा पानी जम्मा हुने भएकाले त्यस्ता टायरहरुलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा पोखरा महानगरवासीमा अनुरोध र अपिल गर्नु भएको छ ।

 

प्रकाशित: समय: 10:10:05  587पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार