लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको १३ औं साधारण सभा सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । जिल्ला प्रहरी कार्यालय ,कास्कीका जिल्ला प्रहरी प्रमुख,प्रहरी उपरिक्षक (एस्पि) दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा शनिबार पोखरा महानगरपालिका वडा नं.२७ डाँडाकोनाकमा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको १३ औं साधारण सभा सम्पन्न भएको छ ।

वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त साधारण सभामा प्रमुख अतिथि एवं कास्कीका जिल्ला प्रहरी प्रमुख एस्पि कार्कीले विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरु  व्यवसायी धिरजकुमार श्रेष्ठ लगायतलाई सम्मान पत्रबाट विभुषित गर्नु भएको थियो । उक्त साधारण सभामा संस्थाले गरेका गतिविधिको जानकारी सहित नेवा खल: गगनगौंडाले नेवार समुदायमा चर्चित तयामचा कलाकारहरुले नाँच प्रदर्शन गरेका थिए ।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको साधारण सभामा संस्थाका पदाधिकारीहरु,स्थानिय संघसंस्थाका प्रतिनिधिहरु,दाजुभाई तथा दिदिबहिनीहरुको भब्य रुपमा सहभागिता भएको थियो ।

प्रकाशित: समय: 9:22:35  620पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार