मानिखेलस्थित “सिम्बा झरना” मा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो


तामाङपेज संवाददाता ।

ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं १ बुखेलको खावा भन्ज्याङ र वडा नं.२ को रिंगिनखोलाको शिरमा अवस्थित ” सिम्बा झरना ” हेर्न हिजोआज शुक्रबार,शनिबार र सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लागेको छ ।

महाँकाल -३ गोटिखेलका वडाअध्यक्ष एवं महाँकाल गाउँपालिका प्रबक्ता गंगाराम तिमल्सिनाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै शनिबार आफुसहितको टोलि सो सिम्बा झरना हेर्न जाँदा पाँच सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु सुन्दर झरना हेर्न पुगेको जनाएका छन् ।

प्रबक्ता तिमल्सिनाले चारैतिर हरियाली ,मनै लोभ्याउने वातावरण भएकाले पर्यटकहरुको गन्तव स्थलको रुपमा सिम्बा झरना बन्दै गएको बताउनु भयो ।

विगत केही हप्तादेखि “सिम्बा झरना” हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु व्यापक बढेको स्थानिय महाँकाल -२ का युवा नेता संजय लामाले तामाङपेजसँग कुराकानी गर्दै बताउनु भएको छ ।

प्रकाशित: समय: 21:49:22  1397पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार