पनौती त्रिवेणी सरसफाई तथा नागरिक अभियानको २५ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

काभ्रे । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा,हाम्रो अभियान जारी छ भन्ने मुल नाराकासाथ पनौती त्रिवेणी सरसफाई अभियानको २५ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।

सरसफाई अभियन्ता किशोरसिंह शाहीले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं अभियानको सन्दर्भमा पनौती नगरपरिक्रमा ,वृक्षारोपण तथा सरसफाई कार्यक्रम अभियान,जनचेतना जस्ता कार्यक्रमहरु गरेर भब्य रुपमा गरेको जनाएका छन् ।

उक्त पनौती त्रिवेणी सरसफाई तथा नागरिक अभियान कार्यक्रममा वाग्मती अभियन्ता नारायणकुमार श्रेष्ठ,समाजसेवीहरु: मधु आचार्य,भरत ढकाल,सिताराम काफ्ले,भिम गुरुङ,शिक्षक,शिक्षिका ,विद्यार्थीहरु,नेपाली सेना,स्थानिय वासिन्दाहरु ,सरसफाई अभियन्ताहरु,वडाका जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको अभियानको संयोजन सुमित्रा बन्जाराले गर्नु भएको थियो ।

प्रकाशित: समय: 20:54:45  793पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार