तामाङपेज संवाददाता ।
ललितपुर । वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडास्थित छपेलिमा करेण्ट लागेर शनिबार बिहान सवा ९ बजे एक जनाको घटनास्थलमा नैं मृत्यु भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका ईन्चार्ज एवं प्रहरी सहायक निरिक्षक लक्ष्मण थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै ना.१ क ८६९० को ट्रकमा हाईभोल्टेज तारको लाइनका कारण गुल्मी मुसिकोट घर भएका १९ वर्षिय सह चालक विकास कार्कीको निधन भएको जनाएका छन् ।
सहचालक कार्कीको लासलाई पोष्टमाटमको लागि पाटन अस्पताल लगिएको भट्टेडाँडा प्रहरी चौकी ईन्चार्ज एवं प्रहरी सहायक निरिक्षक थापाले बताउनु भएको छ ।
तस्बिर :
दीपक घिमिरे समिर