तामाङपेज संवाददाता ।
काठमाडौं । टोखा नगरपालिका वडा नं.११ गणेशस्थान मन्दीर आसपासमा सरसफाई गरि “विष्णुमती सरसफाई अभियानको २५५ औं शृङ्खला तथा बृहत् सचेतना कार्यक्रम” शनिबार भब्यताकासाथ सम्पन्न भएको छ ।
अभियानका संयोजक शोभाकान्त पाण्डेयले तामाङपेजसँंग कुराकानी गर्नुहुँदैं अभियानमा टोखा नगरपालिका वडा नं.९ र ११ का वडाध्यक्ष जेपि नेपाल,उत्तम अधिकारी ,वडा नं.११ की वडा सदस्य तारा कँडेल,नेपाली सेना,नेपाल प्रहरी,संघसंस्थाका प्रतिनिधिहरु,सरसफाई अभियन्ताहरु,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
अभियानका संयोजक पाण्डेयकानुसार सार्वजनिक स्थलमा फोहोर नफाल्ने,सडक,नदीनालाहरुमा फोहोर फालेमा दण्ड,जरिवाना ,कार्वाही गर्ने र घरधनीले एक कम्पोष्टवीन र डस्वीन राख्नु पर्ने ,खरिदमा वडाले विशेष छुटको व्यवस्थासमेत गरेको जनाएका छन् ।