गोदावरीखोला क्षेत्र सरसफाई अभियानको मासिक घरदैलो कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । महिला तथा बालबालिकाको पहलमा संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियान अन्तर्गत मासिक “दबाबमुलक घरदैंलो कार्यक्रम” बिहान ८ देखि १० बजेसम्म गरि शनिबार दुई घण्टा गरेको छ।

 

गोदावरी नगरपालिकाको रचनाटार,टुपिखेल आसपासमा दबाबमुलक घरदैंलो कार्यक्रम फोहोरको वर्गिकरण,व्यवस्थापन बारे गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु सुवोध थापा,कुन्ता थापा,दिलेन्द्र थापा,दिलिप थापा,तारा खड्का,राजकुमार केसि,शेखर गिरी,एनबी लिम्बू,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ र नेप्को नेपालका प्रतिनिधि सम्मिलित टोलिले फोहोरलाई ब्यवस्थापन जस्ता विषयमा स्थानियलाई जानकारी गराएका छन् । यो अभियान विं.सं.२०७५ फागुन २६ गतेदेखि संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानले भोलि भाद्र ८ गते आईतबार २५ औं शृङ्खला पार गर्दैछ ।

 

प्रकाशित: समय: 12:07:17  369पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार