जनकपुर सरसफाई अभियानको ३६ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाको पहलमा जनकपुर रेल्वे ट्रैकक्षेत्र सरसफाई अभियान सरसफाई अभियन्ता रुबीकुमारी झा र सरसफाई युवा अभियन्ता दीपककुमार चौधरीको अगुवाईमा “जनकपुर सरसफाई अभियान”को ३६ औं शृङ्खला शनिबार जनकपुरमा भब्य रुपमा सम्पन्न भएको छ।

जनकपुरधामको मुख्यमन्त्री कार्यालय गेट अगाडीदेखि मिल्स एरिया रेलवे ट्रैंकसम्म सरसफाई अभियानमा समाजसेवी प्रभु दयाल जालान,सरसफाई अभियन्ताहरु: दिवाकर झा,मोति झा,अजय झा,पप्पु यादव,गौंरव गुप्ता,मुकेश झा,पत्रकार तंबिर राईन ,अमित झा,आरती मण्डल,आनन्द झा,राजन शाह,जयप्रकाश झा,अमित मण्डल,बाल सरसफाई अभियन्ता दक्ष झा लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

जनकपुर सरसफाई अभियान प्रत्येक साताको शनिबार बिहान ७ देखि ८ बजेसम्म साप्ताहिक रुपमा एक घण्टा संचालन हुँदै आएको छ ।

 

 

 

 

प्रकाशित: समय: 10:38:32  584पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार