दोरम्बास्थित लखनपुरका क्यान्सर पीडित धनमाया थिङ तामाङको उपचार्थ संगम सेवा समाज कतारबाट प्राप्त सहयोग प्रदान


तामाङपेज संवाददाता ।

रामेछाप । दोरम्बा गाउँपालिका वडा नं.७ लखनपुरकी स्थायी वासिन्दा ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं दोरम्बा गाउँपालिका कार्यपालिका सदस्य,क्यान्सर पीडित धनमाया थिङ(मिना)तामाङको सहयोगार्थ संगम सेवा समाज संस्था कतार,दोहाबाट संकलन गरिएको आर्थिक सहयोग रकम शुक्रबार प्रदान गरेको छ ।

म्हारमेन युवा क्लबका कार्यबहाक अध्यक्ष भिषण दोङले संगम सेवा समाज संस्था कतार,दोहाबाट कुमारी तामाङ,वाङजु लामाबाट संकलित रु. २१ हजार २ सय ५१ रुपैयाँ क्यान्सर पीडित धनमायालाई प्रदान गर्नेको तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

प्रकाशित: समय: 21:06:09  646पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार