पोखराका पत्रकार हमाल पक्राउको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्वारा विरोध गर्दै तत्काल रिहाई गर्न माग


तामाङपेज संवाददाता ।

कास्की । नेपाल पत्रकार महासंघ ,गण्डकी प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै,नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा विरोध गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौंडेलद्वारा हस्ताक्षरित प्रेस नोटमा केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्कीसहित देशभर पत्रकारहरुमाथी धरपकड मात्र होईन,लुकि लुकि हिडनुपर्ने अवस्था गरेको र यस्ता कार्य तत्काल बन्द गर्न,पत्रकारहरुलाई स्वतन्त्रपुर्वक काम गर्ने वातावरण बनाउन तथा पत्रकार हमाललाई स-सम्मान रिहाईको नेपाल पत्रकार महासंघ,गण्डकी प्रदेश समितिले नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

प्रकाशित: समय: 19:45:36  516पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार