सरसफाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न,जथाभावी फोहोर फाल्नेलाई स्थानीय सरकारले दण्ड,जरिवाना गर्नुपर्ने अभियन्ताहरुको माग


तामाङपेज संवाददाता ।

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुको आयोजनामा सरसफाई सम्बन्धि शुक्रबार अन्तरक्रिया कार्यक्रम महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुका वडाअध्यक्ष विश्वराज श्रेष्ठको अध्यक्षतामा भएको छ ।

वाग्मती सरसफाई महाअभियानका अभियन्ता गोविन्द काफ्लेले जबसम्म प्रत्येक नागरिकको चेतनामा सफाई हुँदैन तबसम्म सरसफाई नहुने दाबी गर्नुहुँदै यसतर्फ सचेतना कार्यक्रमको आवस्यकता रहेको बताउनु भयो।

महालक्ष्मी नगरपालिका वातावरण तथा विपत व्यवस्थापन शाखाका प्रमुख ईन्जिनियर लवकुमार गुप्ताले सिङ्गो नगरपालिकामा फोहोर ब्यवस्थापन गरि स्वच्छ ,सफा नगरपालिका बनाउन लागि परेको बताए ।

गोदावरीखोला सरसफाई साप्ताहिक अभियानका संयोजक बेबी राजभण्डारी थापाले जबसम्म स्थानिय सरकार जागरुक हुँदैन् तबसम्म अभियानले गतिलिन नसक्ने,त्यस्को लागि स्थानिय सरकार प्रत्यक्ष लाग्नुपर्ने बताउँनु हुँदै सरसफाई अभियन्ता भनेको स्थानिय सरकारलाई सहयोग ,सहकार्य र साथ मात्र दिन अघि सरेको बताइन् ।

लुभुस्थित लुभु स्वास्थ्य केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी प्रभाग लुभुका ईन्चार्ज प्रहरी नायव निरिक्षक भुवन खड्का,वडासचिव हिमाल बस्नेत,लुभु स्वास्थ्य केन्द्र प्रमुख अर्जुन लावड,ईन्जिनियर रामबहादुर श्रेष्ठ,वडा सदस्यहरु: अनिल श्रेष्ठ,अम्बिका श्रेष्ठ,उमा मिजार,सिर्जनशिल सेवा प्रालिका संचालक श्याम राउत,वाग्मती सरसफाई अभियन्ता चित्र सुनुवार,गोदावरी सरसफाई अभियन्ताहरु सुवोध थापा,विन्जु थापा,दिलेन्द्र थापा,एन.बी.लिम्बू,तेक्वान्दो डोजाङ लुभु अध्यक्ष चावची डंगोल,महिला स्वास्थ्य स्वयम् सेविकाहरु,स्थानिय सरोकारवालाहरुको व्यापक सहभागिता रहेको थियो।

अन्तरक्रिया विशेष त आगामी भाद्र १४ गते बिहान ७:३० देखि ९:३० बजेसम्म हप्तामा शनिबार दुई घण्टा हुन गई रहेको गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानलाई सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाम्स सरसफाई अभियन्ताहरुले फोहोर जथाभावी फाल्नेलाई दण्ड,जरिवाना र सुचना दिनेलाई पुरस्कारको व्यवस्था स्थानिय सरकारले निर्णयकासाथ गर्नुपर्नमा जोड दिएका थिए ।

वि.सं.२०७५ फागुन २६ गतेदेखि महिला तथा बालबालिकाहरुको पहलमा प्रत्येक आईतबार बिहान १० देखि ११ बजेसम्म शुरु गर्दै आईरहेको गोदावरीखोला क्षेत्र सरसफाई साप्ताहिक अभियानले आउँदो आईतबार २५ औं शृङ्खला पार गर्दैछ ।

यो अभियानको क्षेत्रफल १७ किमि रहेको,ललितपुरको गोदावरीकुण्ड,नहर,रचनाटार,हाँडेगाउँ,गोदामचौंरब्जोडने पुल,बिशुनडोल,टिकाथलीपुल,हनुमन्ते पुल र भक्तपुरको बालकोटसम्म गोदावरीखोला क्षेत्र सरसफाई अभियान गर्ने लक्ष्य लिएको अभियानकी संयोजक बेबी  राजभण्डारी थापाले जनाएकी छिन् ।

अभियानको सिमाना भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोट,ललितपुर महानगरपालिका वडा नं.२९ हरिसिद्धी,गोदावरी नगरपालिका वडा नं.१,२,३,१४ र महालक्ष्मी नगरपालिका वडा नं.५,६,७,८ गरि १० वटा वडा गोदावरीखोला क्षेत्र सरसफाई साप्ताहिक अभियानले ओगटेको छ ।

 

प्रकाशित: समय: 18:53:08  713पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार