तामाङपेज संवाददाता ।
ललितपुर । महाँकाल गाउँपालिका वडा नं.२ मानिखेलस्थित श्री मानिखेल आधारभुत विद्यालयको प्र.अ.मा सोही विद्यालयमा शिक्षण गर्दै आउनु भएका शिक्षक रामहरि दुलाललाई नियुक्ती गर्दै जिम्मेवारी बिहिबार प्रदान गरेको छ ।
श्री मानिखेल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक दुलाललाई नियुक्ती गर्दै जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको जनाएका छन् ।
महाँकाल- १ बुखेलका स्थानिय वासिन्दा शिक्षक रामहरि दुलाल,लामो समयदेखि शिक्षण पेशामा आवद्ध ,एकीकृत अखिल नेपाल शिक्षक संगठन ललितपुरका जिल्ला सदस्य हुनुहुन्छ । नवनियुक्त प्र.अ.दुलाललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय लामा,शिक्षक,शिक्षिकाहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले टीका,खादा प्रदान गरेर बधाई समेत गरेका थिए ।