तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको वार्षिक साधारण सभा आउँदो सेप्टेम्बर १४ तारिखमा वासिङ्टन डिसिमा हुँदैं


अमेरिका । तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको आउँदो सेप्टेम्बर १४ र १५ तारिखमा बिहान ९ बजे वासिङ्टन डिसिमा वार्षिक साधारण सभा हुने भएको छ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यन लामाकानुसार सो वार्षिक साधारण सभामा समाजका सल्लाहकार,विधान समितिका पदाधिकारीहरु,कार्य समितिका पदाधिकारीहरु ,आवद्ध संस्थाका प्रतिनिधिहरुलाई सहभागिताको लागि निमन्त्रा सहित अनुरोध गरेका छन् ।

सो वार्षिक साधारण सभाको संयोजक तामाङ सोसाईटी अफ नर्थ अमेरिका वरिष्ठ उपाध्यक्ष शेर लामा र व्यवस्थापन तामाङ सोसाईटी अफ ग्रेटर डिसि अमेरिका अध्यक्ष उत्तर दोङ तामाङले गर्नु भएको छ ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको पदाधिकारीहरुको अवधी आगामी सन् २०२१ सम्म ३ वर्ष कार्यकाल रहेको संस्थाको अध्यक्ष लक्यन लामा,वरिष्ठ उपाध्यक्ष मोहन वाईवा,उपाध्यक्षहरु: टेक लामा,सिर्जना ग्लान,महासचिव डोल्मा लामा,सचिव प्रेम स्याङतान,कोषाध्यक्ष नाम्गेल लामा,सहकोषाध्यक्ष उमा तामाङ रहेका छन् ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको कार्यसमितिका सदस्यहरु मिठ्ठु लामा,शंकर तामाङ,सुर्य मोक्तान,गोविन लोप्चन,दिम्पल योन्जन,सुवास गोले,सन्दीप लामा रहनु भएको छ ।

संस्थाले स्थापना कालदेखि नर्थ अमेरिकामा विभिन्न सभा,समारोह कार्यहरु गर्दै ,अमेरिकामा स्थापित तामाङ संघसंस्थाहरुलाई गोलवद्ध,सहकार्य गर्दै ,तामाङ एवं गैर तामाङ समाज सामु छुट्टै पहिचान कमाउन सफल भएका छन् ।

 

 

प्रकाशित: समय: 7:51:24  1104पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार