महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम कालीमाटीमा हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । मकवानपुरे समाज र हेटौंडा चेली समाज काठमाडौंको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम -२०७६ आउँदो भाद्र ७ गते शनिबार दिनको १२:३० बजे कालीमाटी ब्याङक्वेट,कालीमाटी,काठमाडौंमा हुने भएको छ ।

मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै सो कार्यक्रम मकवानपुरे किशोरी दिदिबहिनीहरुको स्वास्थ्य र शिक्षाको लागि सहयोगार्थ आयोजना गरिएकाले सहभागिताको लागि सबैलाई अनुरोधसमेत गरेका छन् ।

प्रकाशित: समय: 22:34:15  1332पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार