जापानमा नायक सरोज खनाल र धिरेन शाक्य सहित तीन दर्जन कलाकार सम्मानित


टोकियो, जापान
अगष्ट २१,
नेपाली कलाकारीतामा आफ्नो अमूल्य जीवन समर्पित गर्दै आएका नेपाली चलचित्र क्षेत्रका दुई हस्ती नायकद्वय सरोज खनाल र धिरेन शाक्य सहित तीन दर्जन कलाकारहरुलाई मातृशन्देश डटकमले मायाको चिनो सहित सम्मान गरेको छ ।

टोकियोको गोतन्दा स्थित माया रेष्टुरेण्टमा गरिएको उक्त कार्यक्रममा नायकद्वय सहित नोट डिजाइनर सुन्दर श्रेष्ठ, गायिका मिङ्स लामा, हल्के हवल्दार टिमका शिवहरि नेपाल(झम्के),अस्मिता वस्नेत,राजेन्द्र गिरी(जादुगार),समिता कुमारी दुलाल, रितु ब. क्षेत्री,श्याम कुमार पण्डित क्षेत्री,डाइरेक्टर तथा कलाकार शिव शर्मा,कलाकार तथा प्रोड्यूसर इन्द्र दोङ लामा,समाजसेवी एवं नायक दिपक डोटेल,कलाकार उद्धव प्रसाद भट्टाराई,मोडल समीर लामा, लोक गायिका अन्जु गौतम,कलाकार तथा नृत्य निर्देशक प्रदीप कुमार रसाइली, तामाङ चलचित्रका नायिका लक्ष्मी लामा, कलाकार सरोज जंग लामिछाने,हाँस्य कलाकार गणेश राई,प्रोड्यूसर सोनाम लामा,समाजसेवी जुना कुमारी श्रेष्ठ, रेस्लर अस्मिता सुनार,व्यवसायीहरु कमानसिंह लामा,गोमा कुमारी लामा,अमृत थिङ, क्लव ४० का अर्गनाइजर समीर लामा र रमाइलो एचडीका राजेश श्रेष्ठ ,विजय महर्जन र मोहन रजकलाई टोकन अफ लव सहित सम्मान गरिएको थियो ।

इन्कोरेन्जमेन्ट अवार्ड २०१९ को सिलसिलामा जापान आइपुगेका कलाकारहरुलाई टोकियोको गोतन्दा स्थित माया नेपाली रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी सो सम्मान गरिएको हो । कार्यक्रम मातृ शन्देशडटकमका संरक्षक तथा नेपाल व्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीको सभापतित्व,ओम गुरुङको प्रमुख अतिथि, नेपाल तामाङ समाज जापानका सल्लाहकार हवल चन्द्र लामा र एनआरएनए जापानका उपाअध्यक्ष शिव प्रसाद पौडेलको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठ ,थकाली सेवा समाजका अध्यक्ष वुद्धि गौचन,बाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठ, काभ्रेली समाज जापानका सचिव इन्द्र तामाङ, दोलखा समाज जापानका अध्यक्ष ददिवल खड्का र डीजे रेशम ग्याम्दान तामाङ रहेका थिए ।
कार्यक्रममा शिवहरी नेपाल (झम्के) र राजेन्द्र गिरी (जादुगार) ले जादु देखाएर , हाँस्य कलाकार गणेश राई, रेष्लर अस्मिता सुनार र गायिका अन्जु गौतमले गीत गाएर उपस्थितलाई मनोरन्जन गराएका थिए ।
कार्यक्रममा हवल चन्द्र लामा, शिव प्रसाद पौडेल र ओम गुरुङले कार्यक्रमबारे बोल्दै उद्धेश्य लिनु नै ठूलो कुरा भएकोले योजना/आयोजना असफलबाट सिकेर अगाडी बढ्नुपर्ने सुझाब दिए । मातृशन्देश डटकमका प्रधान सम्पादक शान्त पहरीको स्वागत मन्तव्य रहेको कार्यक्रम सजिना मोक्तानले संचालन गरेकी थिइन् ।
साथै सोही कार्यक्रममा ब्यबसायी गोमा कुमारी तामाङले आफ्नै घरेलुु उद्योगमा आफ्नै हातले बुनेको हस्तकलाले नायकद्धय सरोज खनाल र धिरेन शाक्य लगायत प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो।

प्रकाशित: समय: 21:46:18  652पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार