तामाङपेज संवाददाता ।
हङकङ । तमु प्ये ल्हु संघ हङकङको आयोजनामा तमु प्ये(शास्त्र) मा आधारित गुरुङ संस्कार,संस्कृतिमा रहेको सन्देशमुलक गुरुङ चलचित्र सिमिनासा(पितृलोक)को हङकङ शो आउँदो सेप्टेम्बर १४ तारिखमा साँझ ७ बजे कम्युनिटी हल हङकङमा हुने भएको छ ।
तमु फिल्मस प्रालि पोखराको पाँचौं प्रस्तुति रहेको यस चलचित्र सिमिनासा गुरुङ समुदायमा चलचित्रले फरकपन दिने ,त्यस्को लागि आम गुरुङ समुदायले चलचित्र हेरेर सुझाब,प्रतिक्रिया प्रदान गर्नुपर्ने निर्देशक करण गुरुङले बताएका छन् ।
उक्त चलचित्रको हङकङ शो प्रदर्शन हुने भएकाले हङकङमा रहनुहुने चलचित्रप्रेमिहरुलाई सिमिनासा चलचित्र हेर्नुहुन तमु प्ये ल्हु संघ हङकङले अनुरोध गरेको छ ।