विपत व्यवस्थापन सम्बन्धि कार्यक्रम धनुषामा सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले विपत व्यवस्थापन सम्बन्धि कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा,वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको विशेष आतिथ्यमा ,नेपाल सरकारका संघीय मन्त्रीहरु रघुबिर महासेठ,मातृका यादव ,सांसदहरु,जिल्ला समन्वय समिति धनुषाका सभापति,नगर प्रमुख ,नगर उपप्रमुख ,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,नेपाली सेना,राष्ट्रिय अनुसन्धान विभाग ,नेपाल रेडक्रस सोसाईटी ,विभिन्न दलका नेताहरु,सरसफाई अभियन्ताहरु र सरोकारवालाहरुको सहभागितामा मंगलबार,होटल सिताशरणमा सम्पन्न भएको छ ।

 

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेलले विपत व्यवस्थापनको सवालमा उद्धार,राहत वितरण ,जोखिमको सावधानी,तालिम ,राहत सामग्रीको व्यवस्थापन तथा स्टोर,जनशक्ती परिचालनका सवालमा कार्यक्रम केन्द्रीत भएको जनाएका छन् ।

प्रकाशित: समय: 14:21:49  607पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार