गोदावरीखोला पुल वर्षातले गर्दा धरापमा, मर्मत सुधार गर्न स्थानीयको माग


तामाङपेज संवाददाता ।

ललितपुर । अबिरल वर्षातका कारण गोदावरी नगरपालिका वडा नं.२ विशंखुनारायण र वडा नं. ३ टौंखेलको टुपिखेल नयाँबाटो जाने बीचमा रहेको गोदावरीखोला पुल धरापमा,जिर्ण अवस्थामा रहेको छ ।

रचनाटार युथ क्लबका अध्यक्ष एवं युवा समाजसेवी रामचन्द्र पुरिकानुसार पुल वर्षातले गर्दा धरापमा परेको, यातयात आगमनमा समस्या,दैनिक विशंखुनारायण ,टुपिखेल आसपासका जनता आवातजावत गर्न पनि समस्या भएकोले तत्काल सम्बन्धित निकायले  मर्मत सुधार गर्न चासो दिनुपर्ने बताएका छन् ।

वर्षातले गर्दा ढलान पुल गोदावरीखोलामा धरापमा रहेकोले मानबिय क्षति हुनसक्ने भएकाले यस्तर्फ स्थानिय सरकारले बेलैमा ध्यान दिनु पर्ने क्लबका अध्यक्ष एवं स्थानिय वासिन्दासमेत रहनुभएका पुरिले जनाउनु भएको छ ।

 

प्रकाशित: समय: 12:36:15  713पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार