गजल: शान्ति गोले तामाङ महाँकाल-५ चन्दनपुर,नमन,ललितपुर


सोझा सिधा माथि कुनै खेल नहोस यहाँ

निष्पक्ष छानबिन होस् ,झेल नहोस् यहाँ 

पावर अनि राजनीतिक कुरा नमिसियोस 

अपराधी र छानबिन कर्तामा मेल नहोस् यहाँ

सोझा सिधा माथि कुनै कुनै खेल नहोस् यहाँ 

सत्यको परिक्षामा सत्यको जीत हुने गर्छ

 

कुनै दबाबमा ईमान्दारी,फेल नहोस् यहाँ 

न्याय माग्न गोर्खा जानू भन्नु हुन्थ्यो “बा” ले

जनताको आँखामा आँसुको,भेल नहोस् यहाँ

सोझा सिधा माथि कुनै खेल नहोस् यहाँ ।।

प्रकाशित: समय: 11:26:05  859पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार