तामाङपेज संवाददाता ।
कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियान-१६९ औं पुर्व तयारी तथा नागरिक जागरण कार्यक्रमको बैठक मंगलबार सम्पन्न भएको छ ।
अभियानका संयोजक रामबहादुर पौंडेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं अभियानको पुर्व तयारी तथा नागरिक जागरण बैठकमा १५३ औं शृङ्खलादेखि विद्यालय केन्द्रीत कार्यक्रम शुरु गरिएको जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१४ का वडाअध्यक्ष प्रेमबहादुर कार्कीले समयको महत्व,देशप्रतिको बफदारिता,निस्वार्थीभावले वडाबाट व्यापक जनसहभागिता रहने जनाए ।
दिनेडाँडामा अवस्थित श्री रामेश्वरी माविका प्र.अ.तुल्सिप्रसाद चापागाईंको सभाअध्यक्षतामा सम्पन्न उक्त नागरिक जागरण तथा पुर्व तयारी बैठकमा अभियानको औंचित्य ,सहभागिता, शनिबार हुने पोखरा उपत्यका बृहत् सफाई अभियानबारे सामाजिक अभियन्ता शशि तुलाचनले प्रकाश पार्नु भएको थियो । बैठकको संचालन मनोहर क्लबका अध्यक्ष राम जिसिले र स्वागत मन्तब्य मेरो नेपाल युवा क्लबका सचिव कमलराज ढुंगानाले गरेका थिए ।
पोखरा उपत्यका बृहत् सफाई अभियानको पुर्व तयारी बैठक तथा नागरिक जागरण कार्यक्रममा सरसफाई अभियन्ताहरु,विद्यालयका शिक्षक,शिक्षिका,विद्यार्थी,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,सरोकारवालाहरुको व्यापक उपस्थिति रहेको थियो ।