नेपाल कानुन समाजद्धारा शिक्षा नीतिबारे संवाद कार्यक्रम संपन्न


करण तामाङ, तामाङपेज ।

नुवाकोट ।

नेपाल कानुन समाज बबरमहल काठमाडौंले शिक्षा नीतिबारे “टाउन हल मिटिङ” (संवाद कार्यक्रम) नुवाकोटकाे विदुरमा मंगलबार सम्पन्न गरेको छ ।

कार्यक्रम राज्यका निर्देशक सिद्धान्त , नीति र दायित्वकाे  कार्यान्वयन , अनुगमन तथा मूल्यांकन समिति सदस्य एवम् संघीय सांसद श्री खेम लाेहनीकाे अध्यक्षता र नेपाल कानुन समाजकाे प्रतिनिधि श्रीराम श्रेष्ठकाे सञ्चालनमा भएको थियो । कार्यक्रममा शिक्षा नीतिबारे नागरिक संवाद केन्द्र हेेटौंडा प्रमुख रघुनाथ खनालले प्रकाश पार्नु भएको थियोे भने कार्यक्रममा कार्यपत्र प्रस्तुतिमा माेहन आचार्य र विष्णु पाेख्रेल रहनु भएको थियोे । शिक्षा नीति सम्बन्धि छलफल गर्ने क्रममा राज्यका निर्देशक सिद्धान्त , नीति र दायित्व कार्यान्वयन , अनुगमन तथा मुल्यांकन समिति सदस्य संघीय सांसद श्री काली बहादुर मल्ल , शिक्षा तथा स्वास्थ्य समिति सदस्य संघीय सांसद श्री रेखा कुमारी र जिल्ला समन्वय समिति नुवाकोट संयाेजक सन्तमान तामाङले सम्बाेधन गर्नुभएको थियोे । बन्दै गरेको शिक्षा ऐनलाई चाहेको जस्तो र खाेजेकाे जस्तो बनाउन विभिन्न विषयहरु उठान गरिएको थियो । त्यसकाे छलफलबाट आएका विभिन्न सुझाबहरुलाई संकलन गरेर संविधानमा शिक्षा ऐनलाई सघाउने सराेकारवालाहरुकाे विश्वास पनि कार्यक्रम देखिएको थियोे । नेपाल कानुन समाजले मुलुककाे सातै वटा प्रदेशमा नागरिक संवाद केन्द्र स्थापना गरि विभिन्न विषयहरुमा सराेकारवालाहरु सँग छलफल गरी संविधानलाई टेवा पुर्‍याउने काम गरिदै आएकाे कुरा कानुन समाजका प्रतिनिधि श्रीराम श्रेष्ठले बताउनुभएको छ।

प्रकाशित: समय: 19:47:07  718पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार