बाग्लुङ समाज जापानद्धारा कराँते टोलीलाई सम्मान स्वरुप रकम हस्तान्तरण


 तामाङपेज संबाददाता,

जापान।

बाग्लुङ समाज जापानले नेपालबाट कराँते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल कराँते टोलीलाई एक डिनर कार्यक्रमको आयोजना गरी प्रोत्साहन गर्ने उदेश्यका साथ खेलकुद सामाग्रीका लागि तीस हजार नगद सहित सम्मान स्वरूप प्रशिक्षक कृष्ण प्रसाद कँडेललाई हस्तान्तरण गरेको  छ  । उक्त कराँते टोलीले दुई रजत र दुई  काश्य गरि कुल चार पदक प्राप्त गरेको थियो र समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले आफू पनि खेलाडी भएकोले खेलाडीको मर्म राम्रोसंग बुझेको र खेलाडीहरू सधै अनुसाशन र उचित ठाउँमा आफ्नो प्रदर्शन गर्नु पर्ने भनाई राख्दै साथै आगामी दिनहरूमा अझ मेहनत गरी थप सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ । कार्यक्रम सन्चालन समाजका सचिब राजु केसीले गर्नु भएको थियो।

 

प्रकाशित: समय: 18:57:38  368पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार