झरुवारासीको चिजबल फ्याक्ट्रीमा भिषण आगलागी,८ करोडभन्दा बढीको क्षति भएको अनुमान ,अझै आगलागी नियन्त्रण हुन सकेन्


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१३ झरुवारासीस्थित आरुबोट नजिक रहेको चिजबल फ्याक्ट्रीमा मंगलबार बिहान ११:३० बजेदेखि लागेको आगलागी अझै नियन्त्रण हुन सकेको छैन ।

महानगरीय प्रहरी प्रभाग ,बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालले तामाङपेजसँग कुराकानी गर्नुहुँदै सो फ्याक्ट्रीमा लागेको आगलागी अझै नियन्त्रण गर्न नसकेको आगलागी नियन्त्रण गर्न जुद्धवारुण यन्त्र,नेपाली सेना,ललितपुर पुल्चोकबाट गरि तीनवटा दमकल,खानेपानी ट्र्याङकरहरु ,नेपाल प्रहरीको महानगरीय प्रहरी बृत्त चापागाउँ,महानगरीय प्रहरी प्रभाग,बाँडेगाउँ,नेपाली सेनाको राजदल गण,शशस्त्र प्रहरी बल खुमलटार,स्थानिय वासिन्दाहरुले प्रयास गर्दा पनि घटना घटेको  चार घण्टा बित्दा पनि आगलागी नियन्त्रण गर्न नसकेको बताए ।

प्रहरी निरिक्षक कटवालले आगलागी नियन्त्रण हुन अझै एक घण्टा लाग्ने ,आगलागीबाट चिजबल फ्याक्ट्रीको भौतिक संरचना करीब ८ करोड बराबरको क्षति भएको जनाए । आगलागी के कारणले भएको हो सो बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएका छन् ।

तस्बिर : श्यामसुन्दर तिमल्सिना

प्रकाशित: समय: 16:10:27  536पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार