सामाजिक विकास मन्त्रालय प्रदेश नं.३ हेटौंडाबाट “एक विद्यालय एक नर्स” कार्यक्रमका लागि १ सय १ जना कर्मचारीहरु सेवा करारमा लिने दरखास्त आजदेखि खुल्ला


तामाङपेज संवाददाता । 

हेटौंडा ,मकवानपुर । प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,प्रदेश नं.३ हेटौंडाले मन्त्रालयको आ.व.०७६/०७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तर्गत स्थानिय तहभित्रको एक सरकारी माध्यमिक विद्यालयमा रहनेगरी नर्सको रुपमा प्रदेश भित्रको १३ वटा जिल्लाको ३५ नगरपालिका र ६७ वटा गाउँपालिकामा १ सय १ जना सेवा करारमा कर्मचारी लिने भएको छ ।

सामाजिक विकास मन्त्रालयबाट मंगलबारजारी सूचनानुसार योग्यता भएको ईच्छुक उम्मेदवारहरुले सूचना जारी भएको मितिले २१(एक्काइस)दिनभित्र कार्यालय समयभित्र योग्यता,फारम,कार्य,विवरण आदि हेटौंडा सामाजिक मन्त्रालयबाट या मन्त्रालयको फोन नं.०५७-५२४३६,मोबाईल नम्बर ९८५१२ ३९०२० मा सम्पर्क गरेर या आधिकारिक वेबसाईट mosd.p3.gov.np मार्फत भर्न सक्ने जनाएका छन् ।

प्रदेश नं. ३ को जिल्लाहरु सिन्धुलीको दुधौली नगरपालिका ,गोलन्जर,घ्याङलेख,तीनपाटन,फिक्कल,मरिण,सुनकोशी,हरिहरपुरगढी गाउँपालिका-८ जना,रामेछापको रामेछाप नगरपालिका,उमाकुण्ड,खाँडादेवी,गोकुलगङ्गा,दोरम्वा,लिखु,सुनापति गाउँपालिका-७ जना,दोलखाको जिरी,भिमेश्वर नगरपालिका,कालिन्चोक,गौंरीशंकर,तामाकोशी,मेलुङ्ग,विगु,शैलुङ्ग गाउँपालिका-८ जना,सिन्धुपाल्चोकको बार्हविसे,मेलम्ची नगरपालिका,जुगल,पाँचपोखरी,बलेफी,भोटेकोशी ,लिसंखु,सुनकोशी,हेलम्बु,त्रिपुरासुन्दरी गाउँपालिकाको लागि -१० जनाको संख्या निर्धारण गरेका छन् ।

सामाजिक विकास मन्त्रालयले एक स्थानिय तहभित्र रहेका एक सरकारी माध्यमिक विद्यालयमा विद्यालय नर्सको रुपमा रहने गरि राख्ने निर्णय गरेको छ ।

यसैगरी काभ्रेमा धुलिखेल,बनेपा,पनौती,पाँचखाल,नमोबुद्ध,मण्डनदेउपुर नगरपालिका,खानीखोला,चौंरीदेउराली,तेमाल,भुम्लु,महाभारत,रोशी गाउँपालिका-१२ जना,ललितपुरको गोदावरी,महालक्ष्मी नगरपालिका,कोन्ज्योसोम,वाग्मती,महाँकाल गाउँपालिका-५ जना,भक्तपुरको चाँगुनारायण,मध्यपुर थिमी ,सुर्यविनायक नगरपालिका-३ जना,काठमाडौंको कागेश्वरी मनोहरा,गोकर्णेश्वर,चन्द्रागिरी,टोखा,तारकेश्वर,दक्षिणकाली,नागार्जुन,बुढानिलकण्ठ,शंखरापुर नगरपालिका-९ जना,नुवाकोटको बेलकोटगढी नगरपालिका,ककनी,किस्पाङ,तादी,तारकेश्वर,दुप्चेश्वर,लिखु,पन्चकन्या,शिवपुरी,सुर्यगढी गाउँपालिकालाई १० जना माग गरेका छन् ।

मन्त्रालयले रसुवा जिल्लामा उत्तरगया,गोसाइँकुण्ड,नौंकुण्ड,आमाछोदिङमो गाउँपालिका-४,धादिङको धुनींवेसी नगरपालिका,खनियाँवास,गजुरी,गल्छी,गंगाजमुना,ज्वालामुखी,थाक्रे,नेत्रावती,रुवी भ्याली,सिद्धलेक,त्रिपुरासुन्दरी गाउँपालिका-११, मकवानपुरको थाहा नगरपालिका,इन्द्रसरोबर,कैलाश,वाग्मती,भिमफेदी,मकवानपुरगढी,मनहरी,राक्सिराङ गाउँपालिका-८ जना र चितवनको कालिका,खैरहनी,माडी,रत्ननगर,राप्ती नगरपालिका, इच्छाकामना गाउँपालिकाको लागि ६ जना माग गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय,प्रदेश नं.३ हेटौंडा ,मकवानपुरले ठूलो संख्यामा सेवा करारमा कर्मचारी मागको सूचना पहिलो चोटि जारी गरेका छन् ।

 

प्रकाशित: समय: 10:12:39  1470पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार