धराहरा हाम्रो नेपाली पहिचान ढलेको धेरै भो ।
यस्को निर्माण गरिदिने भिमसेन जन्मिने कहिले हो?
दिन,हप्ता,महिना गर्दै वर्षौं बितिसक्यो ।
नेपाली सान ढलेको धरहरा उठाउने कस्ले हो?
बहत्तर साल बैशाख बार त्यो कालो दिनैमा ।
पुर्खाको नासो त्यो धरहरा ढल्योनी छिनैमा।।
त्यसैले अब उठाउन यस्लाई जुटौं हैं दाजुभाई।
कसैले पनि यो पुण्य गर्न रोक्दैन हामीलाई।।
अवस्य उठिछन् धरहरा हाम्रो आश गरौं सबैले।
यो निर्माणगर्न जुटेका हातलाई साथ दिउँ सबैले।।
विनासकारी भुकम्प आयो छोडेन यिनलाई।
धर्ती माताले केही गरेपनी सकिनन धान्नलाई।।