एन.आर.एन.ए.जापानको पुन : पंजीकृत सदस्यता आवेदन फर्म भर्ने म्याद भोलि अगष्ट २० तारिखदेखि खुल्ला


तामाङपेज संवाददाता ।

जापान । गैंर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले पंजीकृत सदस्यताका लागि पुन आवेदन फर्म भर्ने मिति भोलि अगष्ट २० तारिखदेखि सेप्टेम्बर १० तारिखसम्म खुल्ला गरेको छ ।

एन.आर.एन.ए. जापानका अध्यक्ष टासिवाङदी लामा र महासचिव बुद्धिराज घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएनुसार जापानमा रहनुहुने नेपालीहरुले आवेदन अनिवार्य भर्नुपर्ने,आवेदन भर्दा इमेल,मोबाईल नम्बर,जापानको ठेगाना,जन्म मिति,सम्बन्धित सदस्यको फोटो,बैंक रसिदको फोटो,बैंक रसिदको प्रतिलिपी,रेसिडेन्स कार्ड वा जापानी ड्राईभिङ लाईसेन्सको प्रतिलिपी र पासपोर्ट साईजको फोटो,रेसिडेन्स कार्डको प्रतिलिपी वा लाइसेन्सको साथमा बैंकमा नगद दाखिला गर्नुपर्ने जारी सूचनामार्फत उल्लेख गरेका छन् ।

प्रकाशित: समय: 18:34:20  1031पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार