गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २४ औं शृङ्खला सम्पन्न,अभियन्ताहरुमा उत्साहजनक जोश


ललितपुर । महिला तथा बालबालिकाको पहलमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २४ औं शृङ्खला ,गोदावरीखोला टुपिखेल घाटमा आईतबार सरसफाई  गरेको छ ।

महानगरीय प्रहरी प्रभाग,बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालले तामाङपेजसँग कुरा गर्नुहुँदैं महानगरीय प्रहरी बृत्त सातदोबाटो ललितपुरका डिएसपी गौतम मिश्रबाट मन्तब्यसहित सपथ ग्रहण,मुक्तिनाथ विकास बैंक बाँडेगाउँ शाखा प्रबन्धक महेश घिमिरेले नारा,कार्यक्रम संचालन गोदावरीखोला सरसफाई अभियन्ता चेतन कार्की,आष्मा थापाले गर्नु भएको बताउनु थियो। करिब डेढ घण्टासम्म चलेको सरसफाई अभियानमा सरसफाई अभियन्ताहरुमा उत्साहजनक जोशकासाथ गोदावरीखोलाबाट ३ टन संकलित फोहोर नेप्को नेपालले ब्यवस्थापन गरेका थिए ।

गोदावरीखोला क्षेत्र सरसफाई अभियानका महिला सरसफाई अभियन्ताहरु,त्यस्तै गरी गोदावरी नगरपालिका वडा नं.३ का वडासदस्य संगिता तामाङ,वाग्मती सरसफाई अभियन्ता चित्र सुनुवार,शेखर क्षेत्री,गोदावरी नगरपालिका वडा नं.१,२ र ३ का युवाहरु दिलेन्द्र थापा,दिलिप थापा,पुष्कर गिरी,रामचन्द्र पुरी,सन्तोष तामाङ,राजु थिङ,फोटो पत्रकार प्रचण्ड सिलवाल,व्यवसायी  सुरजराज कुंवर,नेपाल रेडक्रस सोसाईटी गोदामचौंर उपशाखा सभापति नन्द श्रेष्ठ लगायतका व्यक्तित्वहरु,नेपाल प्रहरी ,स्थानियहरुको सहभागिता रहेको थियो ।

अभियानका लागि गोदावरी नगरपालिका वडा नं २ विशंखुनारायणका सरसफाई अभियन्ता शेखर गिरीले दुई बट्टा पन्जा सहयोगस्वरुप गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबी राजभण्डारी थापालाई प्रदान गरेका थिए ।

गोदावरी नगरपालिका वडा नं.१ का युवा समाजसेवी एवं गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ता सुबोध थापाले खोलामा फोहोर फाल्न नहुने ,स्थानिय जनप्रतिनिधि गोदावरीखोला र गोदावरी नगरपालिकालाई स्वच्छ ,सफा वातावरण बनाउन विशेष पहल गर्नुपर्ने तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

 

 

प्रकाशित: समय: 21:44:53  582पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार