नेपाल कानुन समाज बबरमहल काठमाडौले नुवाकोटमा शिक्षा संवाद कार्यक्रम गरिदै


करण तामाङ तामाङपेज सम्वाददाता नुवाकोट 

नेपाल कानुन समाज केन्द्र बबरमहल काठमाडौले नुवाकोटमा शिक्षा नीति सम्बन्धि एक दिवसिय संवाद कार्यक्रम मंगलबार सुखद पाहुन घर विदुर नुवाकोटमा गर्ने भएको छ । नेपाल कानुन समाजले नेपालकाे संविधान कार्यनयन गर्न सहयाेग पुर्‍याउने उदेश्यले विगत ३ वर्षदेखि नियमित रुपमा कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकासँग समन्वय गरि विभिन्न कार्यक्रमहरु तय गर्दै अाएकाे छ । नेपाल कानुन समाजले संविधान कार्यनयन र संघिय सांसदहरुबाट बन्ने प्रस्तावित विधेयक र नेपाल सरकारले बनाउने विभिन्न नीतिबारे संवाद गरि नागरिकहरुकाे कानुन निर्माण प्रकृयामा सहयोग पुर्‍याउने उदेश्यले सातैवटा प्रदेशमा नागरिक संवाद केन्द्र स्थापना गरि संघ प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गरिदै अाएकाे छ । यसै क्रममा प्रदेश न ३ काे नुवाकोट जिल्ला सदरमुकाम विदुरमा मंगलबार विहान ८ बजे शिक्षा नीति सम्बन्धि संवाद कार्यक्रम तय गरिएको कुरा नागरिक संवाद केन्द्र एवम् नेपाल कानुन समाजबाट श्रीराम श्रेष्ठले हाम्रो संवाददातासँग कुरा गर्दै जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 14:47:48  779पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार