तामाङपेज संवाददाता ।
कास्की । हामी अझै बृहत् बन्दैछौ भन्ने नाराकासाथ वेगनासताल बृहत् सफाई अभियानको ७० औं शृङ्खला शनिबार पोखरा महानगरपालिका वडा नं.३१ स्थित क्लबको भवनबाट सरसफाई अभियानको शुरुवात भएको छ ।
वेगनासताल बृहत् सफाई अभियानका संयोजक एवं वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सेन्चुरी कमर्सियल बैंक गण्डकी प्रदेशको तर्फबाट अभियानका निमित्त २० थान डस्वीन,१ सय ग्लोब्स बैंकका रिजनल म्यानेजर शेखर वस्ताकोटी र डिपिटी रिजनल म्यानेजर रमेश बन्जाराले प्रदान गर्नुभयो ।
सरसफाई अभियानमा राईजिङ स्टार युथ क्लब,वेगनासताल महिला समूह,वेगनासताल टोल विकास संस्था,होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ,शाकाहारी समाज पोखरा,रानाभाट सेवा समाज ,लेखनाथ पत्रकार मंचका प्रतिनिधिहरु ,सरसफाई अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो।