नेप्को नेपालद्वारा गोदावरी नगर उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यमा “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । आजभन्दा करिब २१ वर्षअघि स्थापित नेप्को नेपालले नेपाली महिला दिदिबहिनीहरुको महान पर्व तिजको अवसरमा “भेटघाट तथा अन्तरक्रिया “कार्यक्रम गोदावरी नगरपालिका नगर उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यमा शनिबार गरेको छ ।

प्रमुख अतिथि एवं नगर उपप्रमुख अधिकारीले गोदावरीखोला क्षेत्र सरसफाई अभियानको संचालनका सन्दर्भमा गोदावरी नगरपालिकाको साथ र सर सहयोग रहने ,यस्मा पुर्ण विश्वस्त रहन अनुरोध गर्नुहुँदै जनप्रतिनिधिहरु तिज लगायत अन्य कार्यक्रममा नाँचगान ,भाषणमा मात्र सिमित नभै जनताको शुख दु:खमा साथ दिदैं आएको दाबी गरिन ।

गोदावरी नगरपालिका नगर उपप्रमुख मुना अधिकारीले दैवीप्रकोप जस्तो बाढीपहिरोबाट पीडित जनतालाई घटना घटेको एकदिनपछि राहत लिएर गोदावरी नगरपालिकाभित्र जनप्रतिनिधिहरु आवस्यक सामग्रीसहित आर्थिक राहत प्रदान गर्नु भएको जनाईन ।

अर्का विशेष अतिथि एवं गोदावरी नगरपालिका वडा नं.३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले वर्तमान सन्दर्भमा जनप्रतिनिधिहरुलाई जे जस्तो भुमिका निर्वाह गरेपनि जनतालाई चित्त नबुझेको बताउनु हुँदै आफुहरु रातदिन जनताको सेवक बनेर लागेको बताउनु भयो।

कवियत्री एवं सरसफाई अभियन्ता बिन्जु थापाले संचालन गर्नु भएको सभामा नेप्को नेपालका ब्यवस्थापक सागर अर्यालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

गोदावरीखोला क्षेत्र सरसफाईका बारेमा विष्णुमती सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डे,लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङ ,गोदावरीखोलाक्षेत्र सरसफाई अभियानका अभियन्ता तारा खड्का लगायतले तिजको अवसरमा शुभकामना सन्देशसहित सरसफाई अभियानको औंचित्य र भावी अल्पकालीन ,दिर्घकालीन रोडम्यापका बारेमा आ- आफ्नो विचार राख्नु भएको थियो ।

चर्चित गायिका शशि पुन देशारले तिज लगायत विभिन्न शैलिका गीतहरु पस्किनु हुँदा दर्शक र उपस्थित महानुभावहरु सँग सँगै नाचेर झुमेका थिए ।

नेप्को नेपालले आयोजना गरेको उक्त कार्यक्रममा वाग्मती सरसफाई महाअभियानका अभियन्ता चित्र सुनुवार,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबी राजभण्डारी थापा,सरसफाई अभियन्ताहरु,नेप्को नेपालका कर्मचारीहरु,अन्य महानुभावहरुको उपस्थिती रहेको कार्यक्रम नेप्को नेपालकी कोषाध्यक्ष रिता नेपालको सभाअध्यक्षतामा शुभकामना आदानप्रदान ,पवित्र खाना खिर अन्य परिकार सेवन गरेर भब्यताकासाथ सम्पन्न भएको हो ।

 

 

 

प्रकाशित: समय: 0:00:23  687पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार