तामाङ सर्भिस सेन्टरका प्रबन्ध निर्देशक शाहिकुमार तामाङ मलेसिया प्रस्थान


तामाङपेज संवाददाता ।

काठमाडौं । तामाङ सर्भिस सेन्टरका प्रबन्ध निर्देशक शाहिकुमार तामाङ शुक्रबार मालेन्दो एयरबाट दिनको १ बजे मलेसिया प्रस्थान गर्नु हुने भएको छ ।

काभ्रे जिल्लामा जन्मनु भएका तामाङ सर्भिस सेन्टरका प्रबन्ध निर्देशक तामाङ विगत लामो समयदेखि आई पे रेमिटेन्स प्राईभेट लिमिटेडमा बजार अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

आईपे रेमिटेन्सको बजार प्रवर्द्धनको लागि मलेसिया,ईण्डोनिसिया,सिंगापुरसम्मको यात्राको लागि लाग्नु भएका तामाङ सर्भिस सेन्टरका प्रबन्ध निर्देशक शाहिकुमार तामाङले आई पे रेमिटेन्सको बजार प्रवर्द्धन र तामाङ सर्भिस सेन्टरबाट संचालित तामाङपेज अनलाइन,तामाङपेज अनलाइन टेलिभिजनको लागि पनि आफू मलेसिया,सिंगापुर र ईण्डोनिसियाको भ्रमण गर्न लागेको जनाएका छन् ।

 

प्रकाशित: समय: 1:06:05  322पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार