पोखरा उपत्यका बृहत सफाई अभियानको १६८ औं शृङ्खला सम्पन्न,नेपाली सेनाको श्री भगवती गणको सहभागिता


तामाङपेज संवाददाता ।

कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानको १६८ औं शृङ्खला भब्य रुपमा शनिबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौडेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरा महानगरपालिका वडा नं.१३ वडा कार्यालय कुँडहर र भद्रकाली चोक वरिपरि गरिएको सरसफाई अभियानमा प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली सेना श्री भगवती गण फुलबारीका उपसेनानी दीपेशकुमार झालाई गोर्खाली रेडियोका निवर्तमान अध्यक्ष एवं सरसफाई अभियन्ता शशी तुलाचनले नेपाली टोपी लगाएर स्वागत गर्नु भएको थियो।

श्री चिल्ड्रेन एकेडेमीकी छात्रा अनिशा श्रेष्ठले सरसफाई अभियानमा सहभागी नागरिक सरोकार र जनचेतनाको बारेमा उपस्थित सबैलाई सपथ गराएकी थिइन् ।

उक्त अभियानमा स्थानिय जनप्रतिनिधि,सरसफाई अभियन्ताहरु,सामाजिक अभियन्ताहरु,पोखरा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना बराल,डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठ,नागरिक समाज पोखरा,सुरक्षा निकाय,वित्तिय संस्था,श्री चिल्ड्रेन एकेडेमीका शिक्षक,शिक्षिका,विद्यार्थीहरु,स्थानिय सरोकारवाला महानुभावहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 23:18:19  497पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार