गोदावरीमा सम्पन्न गाईजात्रा फुटबलको उपाधि लाकुर फुटसलले जित्न सफल


तामाङपेज संवाददाता ।

ललितपुर । नमुना खेलकुद क्लबको आयोजनामा बिहिबारदेखि गोदावरी खेलकुद मैदानमा आयोजित १६ औं दिनेश स्मृति गाईजात्रा प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

नमुना खेलकुद क्लबका अध्यक्ष डम्बर तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं दुई दिनसम्म गोदावरी खेलकुद मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि लाकुर फुटसल हरिसिद्धिले जित्न सफल भएका छन् ।

सम्पन्न प्रतियोगितामा गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा,गोदावरी नगरपालिका वडा नं.३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरेको विशेष आतिथ्यमा,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरी निरिक्षक श्यामकुमार कटवाल,गोदावरी नगरपालिका खेलकुद प्रशिक्षक चिन लामा ,प्रशिक्षकहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,प्रतियोगिताका सहयोगीहरु ,खेलाडीहरुको सहभागिता रहेको थियो ।

विजयी टीम ,खेलाडीहरुलाई गोदावरी नगरपालिका नगर प्रमुख महर्जन ,वडाअध्यक्ष घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरुले शिल्ड,मेडल,नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका छन् ।

बिहिबार र शुक्रबार सम्पन्न खेलमा आयोजक नमुना खेलकुद क्लबलाई टाईब्रेकरमा ५-४ गोलले पराजित गर्दै लाकुर फुटसल हरिसिद्धिले नगद ३० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।

उपविजेता नमुना खेलकुद क्लबले नगद १५ हजार प्राप्त गरे भने प्रतियोगितामा सहभागी भइ पराजित टीम मध्येबाट पेनाल्टी सुट आउट प्रतिस्पर्धामा विजयी खालिबारी फुटबल क्लबले रु.१० हजारसहित नगद,प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नमुना खेलकुद क्लबका विबेक सिलवाल बन्न सफल भएका थिए । उक्त प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको थियो।

 

प्रकाशित: समय: 19:53:36  1014पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार