टेली चलचित्र “भाेत अब” लोकप्रिय बन्दै


करण तामाङ,तामाङपेज संवाददाता।

नुवाकोट । एनटिभी प्लसबाट प्रसारण भैरहेको टेलीचलचित्र “भाेत अब” लाेकप्रिय बन्दै हरेक आईतबार बेलुका ८:३० देखि बजेसम्म एनटिभी प्लसबाट प्रसारण हुँदै आएकाे यस टेलीचलचित्र पछिल्लो समयमा दर्शकहरुमाझ लोकप्रिय बन्दैछ ।

यस टेलिचलचित्रका परिकल्पना एवं निर्माता मेखबहादुर गुरुङ,निर्देशन पेमा तामाङ,छायांकन बिनाेद तामाङ,सम्पादन तथा उत्पादन उत्तम गुरुङकाे रहेको छ । टेलिचलचित्रमा मेखबहादुर गुरुङ,श्रीया गुरुङ,पेमा तामाङ,ज्याक गुरुङ,तिर्सना मगर,कल्पना रानामगर,तिलक सारुमगर,अलिसा बास्तोला,सीताराम तिमल्सिना,मनिता तिमल्सिना,सराेज मगर, गीता रावत,सुरज रावत,सुजन रावत र हरि श्रेष्ठ लगायतका कलाकारहरुको शशक्त अभिनय रहेका छन् ।

टेलिचलचित्र”भाे त अब”को प्रसारण गत आईतबारसम्ममा ६४ भाग प्रसारण पूरा भैसकेको र निरन्तर प्रसारणमा रहिरहने अठोट निर्माता मेखबहादुर गुरुङले गर्नुहुँदैं तामाङपेजलाई जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 22:02:33  770पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार